08/07/2024
जानकारी!!
तपाइँहरुले याद गर्नु भएको छ ?
तपाइँ चढ्ने साधनमा हालिएको टायरले प्रती घन्टा कति किलोमीटरको स्पिड धान्न सक्छ ?
चलाउदा चलाउदैं टायर पड्किएको अनुभव छ ?
हालिएको टायर बनेको मिति र टायर को expiry date हेर्नू भएको छ ?
कुन बाटोको लागी कुन टायर best हुन्छ ?
कुन सिजनमा चल्न कुन टायर best हुन्छ हेर्नू भएको छ?
टायर किन्दा यी सब हेर्नू भएको छैन भने अब हेर्ने गर्नुस,
बाईक कारमा हिड्नु हुन्छ , स- परिवार यात्रा गरि रहनु हुन्छ सबै भार टायरले बोकेर कुदि रहेको हुन्छ !
प्राय टायर हरुमा बनेको मिति दिएको हुन्छ तर expiry date दिएको हुदैन, normally टायरको आयु भनेको ५ देखि ६ बर्ष हुने गर्छ, बनेको मितिले तपाईले टायर ५ देखि ६ बर्ष चलाउन सक्नु हुने छ,
त्यस्तै टायर मा स्पिड सिम्बोल पनि दिएको हुने गर्छ, ती सिम्बोल यस प्रकार हुन्छन
L = up to 120km/h
Q = up to 160km/h
R = up to 170km/h
S = up to 180km/h
T = up to 190km/h
H = up to 210km/h
V = up to 240km/h
W = up to 270km/h
Y = up to 300 km/h
ZR= generally over 240km/h
यी सबै सिम्बोल हरु टायरको साईडवालमा लेखिएको हुने गर्छ भने manufacturing Date पनि example को लागि "1224" 12 हप्ता 2024 मा बनेको भनेर लेखिएको हुन्छ,
त्यसै गरि टायरको pattern सहित HT, AT, MT आदि कुनै एक लेखिएको हुने गर्छ, तपाईं mostly कस्तो बाटो चल्नु हुन्छ र कस्तो कार जिप मोटरसाईकल चलाउनु हुन्छ त्यै अनुसारको टायर हाल्दा राम्रो हुने गर्छ,
HT = highway Terrain " प्राय पिच रोड मात्र गुड्नु हुन्छ र 12,13,14,15 रिम साईज छ भने
AT = All Terrain " पिच अफ रोड गुड्नु हुन्छ भने"
MT = Mud Terrain " एक्दमै अफ रोड गुड्नु हुन्छ भने"
बर्खाको बेला छ हिलो चिप्लो बाटो हुन सक्छ
हाईवेमा कुदाउनु हुन्छ होला,
अफ रोड मात्र हिड्नु हुन्छ होला,
बनेको मिति र यि माथी उल्लेखित कुरा आफ्नो साधनमा हालिएको टायरमा छ कि छैन हेर्नू होला!
तपाइँहरुको यात्रा सरल र सुरक्षित बनोस!
❤️