01/12/2025
PM Sushila Karki says, "विदेशमा बस्नेहरुलाई स्वत आफ्नो मुलुकको - हरेक मुलुकका जनतालाई आफ्नो मुलुकको माया हुन्छ, आफ्नो माटोको माया हुन्छ । विदेशमा गयो त्यहाँको लक्ष्य हुन्छ - म यहाँ काम गर्न आएको हुँ, यहाँ केहि न केहि आर्जन गर्न आएको हुँ भन्ने हुन्छ । तर मुलुकमा आइसकेपछि मुलुकको माटोको गन्ध अर्कै हुन्छ । साथीभाइहरुसँग भेट्दाखेरी यति उत्साह हुन्छ कि स्वर्ग आएजस्तो हुन्छ । त्यसैले गर्दा जति नै विदेशमा गएर बस्न परेपनि त्यहाँ सुख सुविधा भएपनि, यहाँ केहि नभएपनि आफ्नो मुलुक आफ्नो मुलुकै हुन्छ ।"🇳🇵❤️