02/09/2026
📢 घर निर्माण तथा संशोधित नक्सा सम्बन्धी अत्यन्त जरुरी जानकारी! 🏗️📐
हाल यो सूचना चन्द्रागिरि नगरपालिकाले जारी गरेको भए तापनि, वास्तविकतामा यो नियम नेपालका सबै नगरपालिका तथा स्थानीय तहहरूमा उत्तिकै लागू हुन्छ र हुनुपर्छ।
स्वीकृत नक्सा भन्दा फरक पारी घर निर्माण गरिसकेपछि मात्र संशोधित नक्सा पासका लागि पेस गर्दा भवनको Strength, Quality तथा Structural Safety यकिन गर्न प्राविधिक रूपमा अत्यन्त असहज हुन्छ।
⚠️ घर निर्माण गर्दा ध्यान दिनैपर्ने कुराहरू:
नक्सामा कुनै पनि थपघट वा फेरबदल गर्नुपरेमा पहिले अनिवार्य रूपमा संशोधित नक्सा स्वीकृत गराएर मात्र फिल्डमा निर्माण कार्य अघि बढाउनुहोस्।
पूर्वस्वीकृति विना मनपरी बनाइएका भवनहरूको हकमा कुनै पनि स्थानीय निकाय नक्सा पास गर्न बाध्य हुँदैन।
पछि नक्सा पास नहुँदा सम्पन्नताको प्रमाणपत्र (Completion Certificate) नपाउने, बैंक लोन नमिल्ने र कानुनी झन्झट बेहोर्नुपर्ने हुन सक्छ।
💡 इन्जिनियरिङ सल्लाह:
घर जीवनभरिको लगानी हो। सानो लापरबाहीले भविष्यमा ठूलो आर्थिक र संरचनात्मक जोखिम निम्त्याउन सक्छ। त्यसैले जुनसुकै पालिकामा निर्माण गर्दा पनि इन्जिनियरिङ मापदण्ड र भवन निर्माण आचारसंहिता (Building Code) अनिवार्य पालना गरौं।
तपाईंको घरको नयाँ नक्सा डिजाइन, निर्माण, सुपरभिजन वा नक्सा संशोधन सम्बन्धी सम्पूर्ण प्राविधिक तथा कानुनी परामर्शका लागि हामीलाई सम्झनुहोस्।
Trikon Design and Construction Pvt. Ltd.
📍 स्थान: Lagankhel, Lalitpur-12
📞 Call / WhatsApp / Viber: 9849685685, 9841156630
📧 Email: [email protected]
🌐 Website: www.trikonengineering.com