17/05/2020
We are thankful to all the participants and donor friends for their support on our small initiation to help needy ones during this pandemic. We have donated 10,000 rupees collected from our participants to the Fusion Nepal-FUN team, Luxmi Gautam and we are hopeful to support their active team in the future as well.
We are thankful to Reena Suwal Machamasi, Aayusha Bhataju, Jeewan Manandhar, Kisi Rotion, Nirmala Adhikari,Jay Raj Pant, Mohit Gyawali and others for their support.
Also, the program would not have been accomplished without the help of Sujakhu Sunil, Suzan Shakya, Raj Mohan, Bibek Gautam, Suresh Shrestha, Raj Prajapati, Prasun Pradhan and Khwopa College of Engineering 2065 Batch.
जहाँ इच्छा त्यहाँ उपाय - इन्जिनियरिङ विद्यार्थीको अनलाइन कक्षामा सहायता संकलन 🙏
हामीले धेरै पृष्ठभूमिका व्यक्तित्वहरूबाट सहायता प्राप्त गरेका छौं र ती सहायतालाई राहत स्वरूप एकदमै कमजोर अवस्थामा रहेका महानुभावहरूसम्म पुर्याएका छौं । हामीले ती परिवारहरूमा खाद्यान्न पुर्याएका छौं, जहाँ सो खाद्यान्न पछिको लागि जोगिँदैन, त्यही बेलुका खर्च हुन सुरु हुन्छ ।
हालै हामीले एक इन्जिनियरिङ कन्सल्टेन्सीबाट सहायता प्राप्त गरेका छौं । सूर्यविनायक, भक्तपुरमा रहेको Geo Tech Consultating Services Pvt. Ltd. ले अनलाइनमा सञ्चालन गरेको इन्जिनियरिङ विद्यार्थी तथा व्यवसायिक व्यक्तित्वहरूको तालिमका सहभागीहरुबाट उठाएको रू. १०,०००/- फ्युजन नेपालका कामहरूको सहायताको निम्ति हामीलाई हस्तान्तरण गर्नुभएको छ । साथै उहाँहरूले आउने दिनमा पनि सहकार्य जारी राख्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यो उदारताको निम्ति यस संस्थाका सञ्चालकहरू सुजन शाक्य र सुनिल सुजाखुज्यूलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं ।🙏❤️