17/09/2026
कृष्णभीरको कुरा
२३ वर्षपछि, १४ भदौ २०८३ मा पुनः सक्रिय भएको कृष्णभीरको पहिरोका कारण बन्द भएको पृथ्वी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ।
कृष्णभीर नेपाली इन्जिनियरिङको एउटा महत्वपूर्ण अनुभव हो। विगतमा सडक विभागका इन्जिनियरहरूले surface तथा subsurface drainage, bio-engineering, river training, soil anchoring लगायतका slope management का उपायमार्फत यहाँ उत्कृष्ट काम गर्नुभएको थियो। त्यही जटिल पहिरो पुनः सक्रिय हुँदा हामी केही क्षण स्तब्ध भयौँ। तर पृथ्वी राजमार्गको महत्व र तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै सकेसम्म छिटो र न्यून जोखिममा सडक सञ्चालनमा ल्याउनुपर्ने थियो।
नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयको समन्वयमा सडक विभाग र Nepal Geotechnical Society (NGS) बीच भएको MOU अन्तर्गत NGS लाई दिइएको जिम्मेवारीअनुसार हामीले यसलाई सामूहिक प्राविधिक प्रयासका रूपमा अघि बढायौँ। २०५७ सालदेखि कृष्णभीरमा काम गरेका तथा समय–समयमा अध्ययन गरेका अनुभवी इन्जिनियरहरू, युवा अनुसन्धानकर्ता र slope design मा कार्यरत प्राविधिक साथीहरूलाई जोडेर निरन्तर online तथा in-person discussions गर्यौँ र साझा technical consensus विकास गर्यौँ।
तत्कालका लागि Drone LiDAR survey गर्दै, उपलब्ध पुराना अध्ययन तथा प्रतिवेदन र ITECO बाट करिब एक वर्षअघि गरिएको geotechnical investigation लाई समेत आधार बनाएर सडक सञ्चालनका लागि आवश्यक design तथा सुझाव सडक विभागलाई उपलब्ध गरायौँ। त्यसपछि पनि NGS को तर्फबाट निरन्तर technical monitoring गरिरहेका थियौँ।
गत दुई हप्तामा सडक खुलाउन १०–१२ वटा मेसिन र ५० भन्दा बढी कामदार निरन्तर खटिए। NGS, सडक विभाग Project Office, Consultant र Contractor का इन्जिनियर तथा geologist गरी दैनिक १०–१५ जना प्राविधिकले प्रत्यक्ष निगरानी गरे। पहिरोको जटिलतालाई ध्यानमा राख्दै sheet pile, micropile, chemical treatment लगायतका उपायहरू समेत तयारी अवस्थामा राखिएका थिए।
आज कृष्णभीरको बाटो खुलेको छ। तर हाम्रो काम यहाँ सकिएको छैन। तत्कालको सञ्चालनलाई सुरक्षित बनाउँदै दीर्घकालीन र sustainable solution का लागि सडक विभाग तथा हाल कार्यरत Client (DOR), Consultant र Contractor को समन्वयमा थप geotechnical investigation र आवश्यक अध्ययन अघि बढाउने योजना बनिसकेको छ।
यो छोटो अवधिमा सम्भव भएको काम कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव भएको होइन। नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, योजना कार्यालय, Nepal Geotechnical Society (NGS), Consultant, Contractor तथा प्रत्यक्ष रूपमा खटिनुभएका सम्पूर्ण इन्जिनियर, geologist, प्राविधिक र श्रमिक साथीहरूको सामूहिक मेहनत, समन्वय र प्रतिबद्धताको परिणाम हो। उहाँहरू सबैप्रति मनैदेखि सम्मान र धन्यवाद व्यक्त गर्न चाहन्छौँ।
अन्त्यमा, कठिन परिस्थितिमा पनि जिम्मेवार सूचना प्रवाहमार्फत जनमानसमा आशा र भरोसा जगाइरहनुभएका सम्पूर्ण सञ्चारकर्मी साथीहरूलाई विशेष धन्यवाद। तपाईंहरूको जिम्मेवार भूमिकाले कठिन अवस्थामा समाजलाई सही सूचना र भरोसा दिएको छ।
To Listen more about Krishnabhir Landslide Management 2083, you are invited to Technical Discussion Series at Nepal Engineers' Association Building, Lalitpur, on 2nd Asoj 2028, 5PM to 7PM.