26/08/2026
कति दुःखद दृश्य… 💔
आफ्नै आँखाअगाडि घर, सामान र वर्षौँको दुःख–मेहनत बगेर जाँदा मन कति रोएको होला। आज घरबारविहीन हुनुभएका हाम्रा दाजुभाइ, दिदीबहिनी, आमा-बुवाको पीडा शब्दमा बयान गर्न सकिँदैन। 🙏
यो कठिन घडीमा पीडित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ। सबैले आ-आफ्नो ठाउँबाट सक्दो साथ, सहयोग र हौसला दिऔँ। भगवानले सबैलाई यो दुःख सहने शक्ति प्रदान गरून्।
कृपय नदी किनार, पुल, खोला तथा जोखिमयुक्त क्षेत्रमा नबस्नुहोस्। सम्भव भएसम्म सुरक्षित उच्च स्थानमा जानुहोस्। अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्नुहोस् र उद्धारकर्मीको निर्देशन पालना गर्नुहोला।
— NBI इट्टा उद्योग