13/02/2026
हामीलाई अत्यन्त गौरवका साथ जानकारी गराउन पाउँदा हर्षित छौँ कि धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख Er. Rudra Mainalee तथा विभाग प्रमुख (HOD) Er. Govinda Bahadur Kadel ले पूर्वाञ्चल विश्वविद्यालयद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन (PUiCON–2026) मा सहभागिता जनाई अनुसन्धानपत्र सफलतापूर्वक प्रस्तुत गर्नुभएको छ।
उक्त सम्मेलन २०२६ फेब्रुअरी १२–१३ (12–13 February 2026) मा गोठगाउँ, मोरङ, नेपाल मा सम्पन्न भएको थियो।
यस अवसरमा क्याम्पस प्रमुख Er. Rudra Mainalee ले
“Assessment of Reinforcement Workmanship Practices in RCC Building Construction” शीर्षकको र HOD Er.Govinda Bahadur Kadel ले “Post Fire Assessment of Damage Patterns Observed in Local Government Buildings Affected During a Recent Gen Z Movement in Nepal by Fire” शिर्षकको अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको हो, जसले RCC भवन निर्माणमा सुदृढीकरण कार्यसम्पादनका अभ्यासहरूको विश्लेषणात्मक मूल्यांकन प्रस्तुत गर्दछ।
उहाँहरूको यो उल्लेखनीय उपलब्धिले धुलाबारी क्याम्पसको शैक्षिक उत्कृष्टता, अनुसन्धानमुखी दृष्टिकोण तथा व्यावसायिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
यस महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च तथा अवसर प्रदान गर्नु भएकोमा पूर्वाञ्चल विश्वविद्यालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।