10/01/2023
इटहरी उपमहानगरभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न पुनः अनुरोध
===================================
इटहरी उपमहानगरपालिकाले उपमहानगरभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न पुनः अनुरोध गरेको छ ।
उपमहानगरले नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
उपमहानगरको भवन अनुमति तथा भवन मापदण्ड कार्यान्वयन शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिनाले संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न चैत मसान्त सम्म सकिने बताए ।
घर नक्सा पास गरी “घर–नक्सा अभिलेखिकरण” गराउदा घरको आधिकारिकता, सम्पत्ती धितो मुल्याङकन, बिमा प्रयोजन, बैकिङ प्रयोजन तथा करको दायरामा समेत आइने हुदा घरधनी समेतलाई धेरै फाईदा हुने भन्दै तोकिएको समयमा पुरानो घर नक्सा पास गर्न उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ ।
contact us
+977 9746432867
9840981520
इटहरी / इटहरी उपमहानगरपालिकाले उपमहानगरभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न पुनः अनुरोध गरेक...