30/07/2026
व्यवसायीमाथिको आक्रमण कुनै पनि हालतमा स्वीकार्य छैन।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६, फुलचोकस्थित ब्रदर्स हार्डवेयरमा भएको तोडफोड तथा लुटपाटको घटनाप्रति वैभव हार्डवेयर्सको गम्भीर ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण समाजमा कुनै पनि बहानामा व्यवसायीमाथि आक्रमण, तोडफोड, लुटपाट तथा आतंक सिर्जना गर्ने कार्यको हामी घोर निन्दा तथा भर्त्सना गर्दछौं।
यस्ता आपराधिक गतिविधिले केवल एक व्यवसायीलाई मात्र नभई सम्पूर्ण व्यवसायी समुदायको मनोबल, लगानीको सुरक्षा र मुलुकको आर्थिक वातावरणमाथि गम्भीर आघात पुर्याउँछ। कानुनी शासन भएको मुलुकमा यस्ता गतिविधिलाई कुनै पनि बहानामा स्वीकार गर्न सकिँदैन।
हामी सम्बन्धित निकायसमक्ष घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी संलग्न सबै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न, पीडितलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न जोडदार माग गर्दछौं।
व्यवसायीको सुरक्षा राज्यको दायित्व हो। दोषीलाई तत्काल कानुनी कारबाही गरियोस्।
बिज्ञान न्यौपाने
वैभव हार्डवेयर्स
मध्यपुर थिमी–३, कौशलटार, भक्तपुर