kulaman ghising उर्जा जलस्रोत तथा सिचाई मन्त्री

  • Home
  • Nepal
  • Kathmandu
  • kulaman ghising उर्जा जलस्रोत तथा सिचाई मन्त्री

kulaman ghising उर्जा जलस्रोत तथा सिचाई मन्त्री This is Fan Page of Kulman Ghising. We GenZ support his to take lead of the nation .

03/11/2025

आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।
धन्यवाद ।

20/10/2025

आज हामी एकजना वीर नेपाली छोरा, बिपिन जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो तीन वजे एयर्पोर्ट जांदैछौं । यो खबर सुनेदेखि म स्तब्ध छु।हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्‍यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्दान्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।

तर, त्यो अन्तिम त्रासदीको क्षणमा पनि उहाँले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। बिपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैं जीवित रहनुहुनेछ।

यो केवल एउटा दुःखद समाचार मात्र होइन। यो हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको, हाम्रो प्रणालीको एउटा डरलाग्दो ऐना हो। एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपनाहरू, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ।

यस्तो अवस्थाको अन्तय गरी हरेक नेपालीले नेपालमै वसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविश्य देख्ने अवस्था सृजना गर्ने तर्फ हामी सवै एक भएर लाग्न म आम नेपाली जनसमुदायमा अपिल गर्दछु ।

11/10/2025
23/09/2025
Please vote for nation.
22/09/2025

Please vote for nation.

तपाईंको विचारमा अब नेपालमा प्रत्यक्ष कार्यकारी प्रमुखको संबैधानिक व्यवस्था हुनुपर्छ ?

21/09/2025
20/09/2025
19/09/2025

Address

Singhadurbar Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when kulaman ghising उर्जा जलस्रोत तथा सिचाई मन्त्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share