NepoVibe

NepoVibe Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepoVibe, Setiopi Marga/Koteshwor, Kathmandu.

पूर्व प्रधानमन्त्रीज्यूहरूK P Sharma Oli Sher Bahadur Deuba माधव कुमार नेपाल - Madhav Kumar Nepal क. प्रचण्ड / Comrade P...
09/03/2026

पूर्व प्रधानमन्त्रीज्यूहरू
K P Sharma Oli
Sher Bahadur Deuba
माधव कुमार नेपाल - Madhav Kumar Nepal
क. प्रचण्ड / Comrade Prachanda
Dr. Baburam Bhattarai

२०८२/११/२१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम तपाईंहरू सबैलाई अवगत नै छ। देशको जनताले परिवर्तन, पारदर्शिता र प्रभावकारी नेतृत्वको अपेक्षा गर्दै नयाँ जनादेश दिएका छन्।

अबको प्रमुख राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ( Rastriya Swatantra Party - RSP ) ले माननीय बालेन्द्र शाह ( B***n ) लाई प्रधानमन्त्रीको रूपमा अघि सारेको अवस्थामा, उहाँ प्रजातन्त्र स्थापना पछि बन्ने सम्भावित सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने दिशामा हुनुहुन्छ।

तपाईंहरू सबैले विभिन्न समयमा देशको कार्यकारी नेतृत्व सम्हालिसक्नुभएको छ। राज्य सञ्चालनका कठिनाइ, अवसर, सफलता र कमजोरीहरू तपाईंहरूको अनुभवमा गहिरो रूपमा संचित छन्। त्यसैले अभिभावकको भूमिकामा रहेर आफ्ना अनुभव, सिकाइ तथा आफूले महसुस गरेका कमजोरीहरूबाट पाठ निकाल्दै नयाँ नेतृत्वलाई रचनात्मक सल्लाह र सुझाव दिनु आजको आवश्यकता हुन सक्छ।

नेतृत्व परिवर्तनसँगै पुस्तान्तरण पनि लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। तर अनुभव र ऊर्जाको समन्वयले मात्र राष्ट्रलाई सही दिशामा अगाडि बढाउन सक्छ। त्यसैले देशको हितलाई सर्वोपरि राख्दै नयाँ नेतृत्वलाई मार्गदर्शन गर्नुहुनेछ भन्ने अपेक्षा नेपाली जनताले राखेका छन्।

राष्ट्र निर्माणको यात्रामा अनुभव, जवानी, विचार र जिम्मेवारी सबैको साझा योगदान आवश्यक छ।

देशको हितका लागि सबैको सहकार्य होस् भन्ने कामना।

08/03/2026

चुनाव कोे नतिजा कोे अन्तिम अन्तिम चरणमा आइपुग्दा ...
यो पटक कोे चुनावी नतिजा हेर्दा ....

भेडा भनिएका नेपाली जनता साँच्चै भेडा हुन् वा होइनन् भन्ने देखिँदै छ ।
जनता ले यो पटक गरेको मतदान कुनै पार्टी / व्यक्ति विशेष लाई ध्यानमा राखेर भन्दा पनि देशको आमूल परिवर्तनकोे आशालाई ध्यान मा राखेर गरिएको मतदान थियो ।

आज देशमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी लाई ... आशा र भरोसाको केन्द्र मानेर अवसर दिइएको छ , विगत मा पनि ठूला भनिएका राजनीतिक दलहरु लाई पनि मानिएको थियो र सत्ता मा पुर्याइएको थियो ।
तर अब प्रश्न गर्न पर्दा .....

१. तिनले देश विकास कति गरे ?? ?
२. भ्रष्टाचार कति र किन भयो ???
३. जनताको विश्वास कति बलियो भयो वा कति टुट्यो ???
४. गलती कसको ??? नेताहरूको कि जनता कोे ???

अब ,
सत्य के हो भने गल्ती केवल नेताहरूको मात्र थिएन, जनताको पनि थियो।
हामीले धेरै पटक सोचेर होइन,
जात, नाता, पैसा, डर वा अन्धो पार्टीगत आस्थामा मत दिएका छौँ।
कहिलेकाहीँ विकासभन्दा पनि भावना र भ्रमलाई प्राथमिकतामा राखेर मत दिएका छौँ।

त्यसैले नेता बदलिएर , पार्टी बदलिएर देश बदलिँदैन । सोच बदलिँदा मात्र देश बदलिन्छ।

यो पटकको चुनावले आशाको एउटा झिल्को देखाएको छ।
जनताले अब पुरानो राजनीति अस्थिरता प्रति प्रश्न उठाउन थालेका छन्।

तर.....
मत परिवर्तन अन्तिम उपाय होइन । किनकि देशको भविष्य कुनै पार्टीको हातमा मात्र हुँदैन । देशको भविष्य जनताको चेतनामा हुन्छ। यदि जनता सचेत भए भने नेताहरू सुध्रिन बाध्य हुन्छन्।

त्यसैले प्रश्न गर्ने बानीको विकास गर्नुस् । गलत माथि औंला उठाउन सकिए मात्रै नेता सजग भएर गलत कार्य गर्न हिच्किचाउने छन् । प्रश्न गर्न सकिएन भने अहिलेका आशा र भरोसा का केन्द्र हरु पनि गलत बाटो तिर हिँड्दैनन् भन्न सकिँदैन ।

जय नेपाल
🇳🇵🔥

Fake Love 💕 💔
04/12/2025

Fake Love 💕 💔

One Sided Love 😘💕
04/12/2025

One Sided Love 😘💕

Unspoken Love
03/12/2025

Unspoken Love

Address

Setiopi Marga/Koteshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NepoVibe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share