Vacancy for teachers

Vacancy for teachers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vacancy for teachers, Commercial Equipment, Kathmandu.

12/02/2026
formula for see students..
12/02/2026

formula for see students..

10/02/2026
03/02/2026

लिभिङ टुगेदर मस्तीपछिको सास्ती
काठमाडौं पोखरा, धरान, धनगढीजस्ता सहरहरूमा लिभिङ टुगेदरमा बस्नेहरूको संख्या बढ्दै गएको छ । लिभिङ टुगेदरको अर्थ हुन्छ सँगै बस्नु विवाह परम्पराभन्दा फरक ढंगले दैनिकी बिताउन खोज्नु । समाजका डरका कारणले लुकीछिपी यस्ता सम्बन्धमा बस्ने अधिकांश किशोर–किशोरी रहेको पाइन्छ ।



घटना–१

बागलुङकी २३ वर्षीया सविना विश्वकर्मा राजधानीको एक कपडा पसलमा काम गर्छिन् । थोरै कमाइमा पनि उनी आफू रमारहेकी छिन् । त्यही क्रममा उनको चिनजान सोही कपडा पसलमा काम गर्ने २४ वर्षीय तारामान भुजेलसँग भेट हुन्छ । तारामान सविनासँग बिस्तारै नजिकिन्छन् । उनीहरू दुईबीचको सामान्य परिचयबाट सुरु भएको सम्बन्ध प्रेममा परिणत हुन्छ । दिनभर काममा सँगै रहेर उनीहरू रातमा पनि सँगै बस्न थाल्छन् । दुवै जना एक्ला–एक्लै बस्ने उनीहरू एकै ठाउँमा बस्ने थाल्छन् । तारामान सविनाको कोठामा डेरा सर्छन् । उनीहरू एकै ठाउँमा बस्नुको उद्देश्य हुन्छ— खर्चको बचत । एक वर्षसम्म उनीहरू हाँसीखुसी रमाउँछन् । त्यतिबेलासम्म तारामानले सविनाको जात थाहा पाएका हुँदैनन् ।

तारामानले सविनाको जात दलित भनेर थाहा पाएपछि सविनालाई घृणा गर्न थाल्छन्, सविनालाई छाडेर तारामान गाउँ पुग्छन् । सविना पनि तारामानको गाउँ खोज्दै तनहुँ पुग्छिन् । फर्कने आश्वासन दिँदै सविनालाई काठमाडौं फर्काउँछन् उनी । तारामान फर्केर काठमाडौं आउँछन् तर सविनाको कोठामा ताला लगाएर उनी गायब हुन्छन् । सविना भने तारामानलाई खोजी गरिपाउँm भन्दै पुसको पहिलो साता काठमाडांै प्रहरी परिसर टेकुमा निवेदन दिन पुग्छिन् । विवाह गर्ने सर्तसहित दुई वर्षदेखि सँगै बस्दै आएको तर केटाले धोका दिएको भन्दै उनले निवेदन दर्ता गराएकी छन् । तारामान भने अहिलेसम्म गायब छन्, प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । तारामानसँगको भविष्य उनको अन्योल देखिने प्रहरीहरू बताउँछन् ।

घटना–२

पेसाले सावित्री उपाध्याय मोडल हुन् । २३ वर्षीया उनी मोडलिङ गर्ने क्रममा एक साथीमार्फत ३६ वर्षीय घनश्याम बीसीलाई भेट्छिन् । जनकपुरका बीसी व्यवसायी हुन् । उनीहरूबीचको सम्बन्ध विस्तारै झांगिँदै जान्छ । घनश्यामले सावित्रीलाई आर्थिक रूपमा सहयोग गर्दै जान्छन् । सावित्रीले बीसीको सहयोगमा आफ्नो करिअर अगाडि बढाइरहेकी हुन्छिन् । उनीहरू दुई वर्षसम्म एकआपसमा रमाउँछन् । एकअर्कालाई सहयोग गरिरहेका हुन्छन् । उनीहरूको सम्बन्ध गर्भपतनसम्म पुग्छ । त्यसपछि उनीहरूबीच मनमुटाव सुरु हुन्छ । करिब ६ महिनासम्म उनीहरूबीच बोलचाल बन्द हुन्छ ।

उनीहरूबीचको सम्बन्ध घरपरिवारलाई भने थाहा हुँदैन । घनश्यामको परिवारले अर्की केटीसँग विवाहका लागि प्रस्ताव गर्छन् । उनी पनि विवाह गर्नुपर्छ भन्दै परिवारको कुरामा सहमत हुन्छन् । तर, उनले विवाह गरेको सावित्रीलाई थाहै दिएनन् । घनश्याम सावित्रीसँग सम्पर्कविहीन हुन्छन् । सावित्री भने आफूलाई जानकारी नै नदिई विवाह गरेको भन्दै प्रहरीकोमा उजुरी दिन पुग्छिन् । घनश्याम अहिले सम्पर्कविहीन छन् । सावित्री भने खोजिदिन पहल गरिरहेकी छन् । प्रहरीले उनको परिबारसँग कुरा गरेपनि सम्बन्धित व्यक्तिलाई भने भेट्न सकेको छैन ।

घटना–३

डोटीकी शकुन्तला बम अध्ययनका लागि काठमाडौं आउँछिन् । शकुन्तला विरानो सहरमा एक्लो महसुस गर्छिन् । गरिब परिवारकी उनी आर्थिक हिसाबले एक्लै बसेर पढ्न सहज हुँदैन । त्यही समय इन्जिनियरिङ पढ्दै गरेका कैलालीका दीपेन्द्र शाही भेटिन्छन् । उनलाई समस्याको समयमा भगवान् भेटेजस्तै लाग्छ । उनीहरू एकआपसमा नजिकिन्छन् । एकअर्काको सहयोगी बन्छन् र अनामनगरमा कोठा लिई एकै ठाउँमा बस्न थाल्छन् । दिन बित्दै जाँदा उनीहरू प्रेममा पर्दै जान्छन् ।

शकुन्तला दीपेन्द्रलाई जीवनभरका लागि अँगाल्न चाहन्थिन् । उनका बच्चाको आमा बन्न चाहन्थिन् । तर, दीपेन्द्रले भने उनका यी कुरालाई कुनै मतलब नै गर्दैनन् । बच्चा जन्माउन उनी राजी हुँदैनन् । बच्चा जन्माउने र विवाह गरेर बस्ने विषयमा नै उनीहरूबीच तालमेल मिल्दैन । बच्चाको चाहनाका कारण शकुन्तला चार पटकसम्म गर्भपतन गराउनसमेत बाध्य हुन्छिन् । करिब तीन वर्षपछि तीन महिनाकी गर्भवती शकुन्तलालाई छोडेर दीपेन्द्र टाढिन्छन् । अहिले शकुन्तला लिभिङ टुगेदरको नासो आठ वर्षको छोरा हुर्काइरहेकी छन् । बच्चा काखमा छ, तर दीपेन्द्र कहिल्यै फर्केर आएका छैनन् ।

उनीहरूको खोजीनितीसम्म पनि दीपेन्द्रले गर्दैनन् । आफ्ना लागि नभए पनि छोराका लागि आउँछ कि भन्ने आशा शकुन्तलालाई छ । लिभिङ टुगेदरमा बस्दा धेरै कुरामा सहयोग हुने भए पनि तत्कालका लागि मात्र सहज हुने तर दीर्घकालमा महिलाहरूलाई असर पर्ने गरेको शकुन्तलाले अनुभव गरेकी छन् । महिलाहरू भावनामा बढी डुब्ने तर पुरुषहरूले भावनाको कुनै कदर नगर्ने अवस्थाले पनि लिभिङ टुगेदरमा अन्तत: लफडा हुने गरेको उनी बताउँछिन् ।

माथिका उदाहरणहरू लिभिङ टुगेदरले निम्त्याएका समस्याहरू हुन् । पछिल्लो समय लिभिङ टुगेदर बस्ने ट्रेन्ड जति बढ्दै गएको छ, त्यति नै समस्याहरू पनि बढ्दै गएको बताउँछिन् काठमाडौं प्रहरी परिसर महिला तथा बालबालिका केन्द्रकी प्रहरी निरीक्षक ज्ञानमञ्जरी शर्मा । उनका अनुसार मन मिलेसम्म रमाउने मन मिल्ने छोडेपछि विभिन्न बहाना बनाउँदै उजुरी गर्न आउने गर्छन् । लामो समय बस्दै गएपछि केटीहरू विवाहको प्रस्ताव राख्छन् तर त्यो कुरा केटाले नमानेपछि केटालाई ब्लाकमेलिङ गर्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन्— ‘लिभिङ टुगेदरको समयमा अश्लील भिडियो बनाउने, चरित्रहत्या गर्न खोज्ने, जबरजस्ती गरेका घटनाहरू आइरहन्छन् ।’ अभिभावकलाई थाहै नदिई एक–आपसमा बसेका हुन्छन्, शर्माका अनुसार परिवारले थाहा पाएपछि छुट्टिनका लागि पनि मुद्दा हालेर दोषी देखाउन चाहन्छन् । उनी भन्छिन्– ‘साथीसँग असुरक्षा महसुस गर्न थालेपछि एकआपसमा मनमुटाव हुने अवस्था आउने गरेको छ ।’

काठमाडौं पोखरा, धरान, धनगढीजस्ता सहरहरूमा लिभिङ टुगेदरमा बस्नेहरूको संख्या बढ्दै गएको छ । लिभिङ टुगेदरको अर्थ हुन्छ सँगै बस्नु विवाह परम्पराभन्दा फरक ढंगले दैनिकी बिताउन खोज्नु । समाजका डरका कारणले लुकीछिपी यस्ता सम्बन्धमा बस्ने अधिकांश किशोर–किशोरी रहेको पाइन्छ । यस्तो सम्बन्धमा बस्नुको मुख्य कारण एक्लोपन हटाउन खोज्नु, आर्थिक रूपमा समस्या पर्नु, सहयोगको अपेक्षा गर्नु रहेको बताउँछन् समाजशास्त्री कैलाशनाथ प्याकुरेल । आधुनिक समाजका कारण पनि यस्तो सम्बन्ध बस्नेहरूको संख्या पनि बढ्दै गएको बताउँछन् प्याकुरेल ।

छुट्टाछुट्टै समाजका कारणले पनि यस्तो सम्बन्धलाई हौस्याइरहेको प्याकुरेलले बुझेका छन् । उनी भन्छन्– समाज खुला भइसकेको छ, त्यसकारण पनि यस्ता सम्बन्ध फैलिरहेका छन् । व्यक्तिहरूको शारीरिक आवश्यकताका कारण पनि लिभिङ टुगेदरमा बस्ने गर्छन् । उनी भन्छन्– ‘नेपाली समाजले विवाहपछि मात्र यौनको कुरा गर्छ, तर अहिलेका व्यक्तिहरू विवाहपूर्व नै यौनप्रति उत्सुक भएका हुन्छन् ।’ उनका अनुसार यौनइच्छा पूरा गर्नका लागि भए पनि लिभिङ टुगेदर सम्बन्धमा बस्ने गर्छन् । नेपाली समाजले यस्तो सम्बन्धले वैधानिकता नपाउने भएकाले पनि घटनाले रूप लिने गरेको उनी सुनाउँछन् ।

सहरहरूमा आर्थिक हिसाबले एक्लै बस्न समस्या हुँदै गएको र आर्थिक भार घटाउनका लागि पनि लिभिङ टुगेदरमा बस्ने ट्रेन्ड बढ्दै गएको बताउँछन् मनोविद् राजेशकुमार झा । यस्तो सम्बन्धले केही समस्याहरूको समाधान भए पनि धेरै समस्या उत्पन्न गराउने बताउँछन् । एकअर्कालाई बुझ्दै नबुझी सँगै बस्नाले मनमुटाव हुने गरेको उनको भनाइ छ । किशोर–किशोरीहरू यस्तो सम्बन्धमा बढी हुने गरेको उनी बताउँछन् । लिभिङ टुगेदरमा एकअर्कालाई बुझन थालेपछि दुवैलाई शंका बढ्न थाल्छ । त्यसपछि उनीहरू एकआपसमै असुरक्षित महसुस गर्न थाल्छन् । उनी भन्छन्– ‘जब एकअर्कामा बुझन थाल्छन्, तब उनीहरूबीच शंका पैदा हुन थाल्छ जसले गर्दा असुरक्षित महसुस गर्न थाल्छन् ।’ झाका अनुसार लिभिङ टुगेदमा महिलाहरू नै समस्यामा पर्ने गरेका छन् । उनी भन्छन्– ‘महिलाहरू भावनात्मक रूपले कमजोर हुने भएकाले पुरुषप्रति बढी नै अनुग्राही हुन्छन्, जसले महिलाहरूलाई यस्तो सम्बन्धले समस्या निम्त्याउने गर्छ ।’

लिभिङ टुगेदरलाई नेपाली कानुनले मान्यता दिएको छैन । कानुनले मान्यता नदिए पनि लुकीछिपी यस्ता सम्बन्ध राख्नेहरू भने प्रशस्त भेटिन्छन् । परम्परागत सोचाइ र व्यवहारले पनि यस्तो सम्बन्धलाई कानुनले मान्यता दिन नसकेको बताउँछन् अधिवक्ता राजु खड्का । उनका अनुसार पूर्वीय संस्कृतिअन्तर्गत समाज चलेकाले पनि यसले मान्यता पाउन नसकेको हो ।

कानुन बन्न पनि सक्छ

राजु खड्का, अधिवक्ता

नेपाली समाजमा पछिल्लो समय लिभिङ टुगेदरको ट्ेरन्ड बढ्दै गएको छ । आधुनिकीकरणतर्फ समाज अगाडि बढ्नु र पश्चिमी शैलीको प्रभावले गर्दा पनि यस्तो सम्बन्धले व्यापकता पाउन थालेको छ । यस्तो सम्बन्धलाई कानुनले मान्यता दिन सकेको छैन वा भनौं कानुनको दायरामा ल्याउन सकिएको छैन । नेपाली समाज पूर्विय सांस्कृतिक, परम्पराबाट प्रभावित छ । यस कारण विवाह पूर्वसँगै बस्ने प्रवृतिलाई अवैधानिक मानिन्छ ।

तर, पछिल्लो समय लिभिङ टुगेदर सम्बन्धलाई मान्यता नदिएपछि त्यस्तो सम्बन्धबाट जन्मिएका बच्चाहरूका सन्दर्भमा भने कानुन निर्माण भएको छ । एकल आमाका सन्तानहरूलाई पनि नागरिक सरह सुविधा दिने व्यवस्था निर्माण भएको छ । यस्ता सम्बन्धहरूको समस्याहरूलाई अहिले कानुनले घरेलु हिंसा, लैगिक हिंसा मानेर कानुनी उपचार गर्ने गरिन्छ । लिभिङ टुगेदरले पनि भोलिका दिनमा कानुनी मान्यता नपाउला भन्न सकिन्न । कानुनी मान्यताअनुसार नै यो सम्बन्ध अगाडि बढ्न पनि सक्छ ।

See science🙏🙏
03/02/2026

See science🙏🙏

31/01/2026

पुराना दलले जनता प्रति गरेको बेइमानीको प्रतिफल हो बालेन,
काम गर्ने व्यक्ति हो बालेन,
युवाको आक्रोष हो बालेन,
चरम भ्रष्टाचारको विरोधी हो बालेन्,
बोलेर हैन काम गरेर देखाउने हो बालेन्,
त्यसैले एक्लै काफी छ बालेन,
अब भ्रष्टाचारीको शत्रु हो बालेन,
प्राविधिक ज्ञान भएको व्यक्ति हो बालेन्
हेर्दै जाउ सबै एका तिर बालेन एक्लै तर साथमा जनता ... झोलेहरु हेरेको हेरै 🔔🔔🔔🔔

Ble science..
28/01/2026

Ble science..

BLE practice set 2082.....
27/01/2026

BLE practice set 2082.....

20/01/2026

experienced and qualified grade teacher wanted for class one at kapan height kathmandu .no bar for deserving candidate .9843113031

17/01/2026

७६ जनाको हत्या - No B***n, Only Oli

Gen Z लाइ आतङ्ककारी - No B***n,Only Oli

उखान टुक्का गफ - No B***n,Only Oli

गिरीबन्दु जग्गा काण्ड - No B***n Only Oli

जलहरी सुन काण्ड - No B***n Only Oli

पोखरा विमास्थल काण्ड - No B***n Only Oli

भुटानी शरणार्थी काण्ड - No B***n Only Oli

यति ओमनी काण्ड - No B***n Only Oli

Ncell काण्ड - No B***n Only Oli

वाइड बडी काण्ड - No B***n Only Oli

३३ किलो सुन काण्ड - No B***n Only Oli

भाटभटेनी काण्ड - No B***n Only Oli

७० करोड काण्ड - No B***n Only Oli

कम्बोडिया काण्ड - No B***n Only Oli

भैरहवा विमानस्थल काण्ड - No B***n Only Oli

भिजिट भिसा काण्ड - No B***n Only Oli

भ्यू टावर काण्ड - No B***n Only Oli

Prime minister Huda ni kehi thaha xaina bhanne- no b***n only oli

No Oli Only B***n

फोहोर व्यवस्थापन सुधार - No Oli Only B***n

अवैध संरचना हटाउने अभियान - No Oli Only B***n
फुटपाथ अतिक्रमण नियन्त्रण- No Oli Only B***n

ट्राफिक व्यवस्थापन सुधार पहल - No Oli Only B***n

सार्वजनिक स्थान संरक्षण - No Oli Only B***n

पार्क तथा खुला क्षेत्र विकास - No Oli Only B***n

नदी–खोला सफाइ अभियान- No Oli Only B***n

डिजिटल सेवा (ई–गभर्नेन्स) सुरुवात - No Oli Only B***n

शिक्षा क्षेत्र सुधार पहल - No Oli Only B***n

सरकारी पारदर्शिता र जवाफदेहिता बढाउने प्रयास - No Oli Only B***n

कर प्रणाली सुधार - No Oli Only B***n

सांस्कृतिक तथा पर्यटकीय स्थल प्रवर्द्धन - No Oli Only B***n

युवामुखी कार्यक्रम सञ्चालन - No Oli Only B***n

भ्रष्टाचारविरुद्ध कडा कदम- No Oli Only B***n

महानगरको आन्तरिक व्यवस्थापन सुधार - No Oli Only B***n

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Vacancy for teachers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share