17/09/2025
आजको दिन विशेष गरी इन्जिनियर, आर्किटेक्ट, प्राविधिक, मजदुर तथा सृष्टि र सिर्जनामा लाग्ने सम्पूर्ण श्रमिकहरूको लागि प्रेरणादायी दिवस हो। भगवान विश्वकर्मालाई विश्वको पहिलो वास्तुकार तथा प्राविधिक मानिन्छ, जसले सम्पूर्ण ब्रह्माण्डको सिर्जना गर्नुभएको थियो।
यस अवसरमा Bespire Engineering Pvt. Ltd. परिवारले सम्पूर्ण इन्जिनियर, प्राविधिक, कामदार र सिर्जनशील हातहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ। 🙏
हामी विश्वास गर्छौं — श्रम, सीप, सिर्जनशीलता र इमान्दारी नै प्रगतिका आधार हुन्। भगवान विश्वकर्माको आशीर्वादले हाम्रो काम सदैव सुरक्षित, सफल र सबल रहोस् भन्ने हाम्रो कामना छ।
साथै, हामी हाम्रो कम्पनीको नारा “घर बनाउने एकमात्र गन्तव्य” लाई आत्मसात गर्दै हरेक निर्माणमा गुणस्तर, विश्वास र नवीनताको निरन्तरता दिन प्रतिवद्ध छौँ।
यस शुभ अवसरमा सबैमा हार्दिक मंगलकामना। ✨
#विश्वकर्मा_पूजा२०८२ ाउने_एकमात्र_गन्तव्य