Studio Sthaapna

Studio Sthaapna Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Studio Sthaapna, Engineering service, Bhaktapur.

13/06/2025

Check out Studio Sthaapna Architects’s video.

29/03/2022

On going project


Contact us for all exterior and interior design and construction work

03/08/2021
11/09/2020
13/02/2020

ललितपुर महानगरपालिका भित्र भवन निर्माण गर्न तपसिलमा व्यवस्था गरिए बमोजिम प्रकृया गर्दा सहजता हुन्छ ।

१.अमिन

ADVERTISEMENT

नापी शाखाबाट प्राप्त हुने प्रमाणित ट्रेस नक्सा र मालपोतबाट प्राप्त हुने लालपुर्जाको प्रतिलिपीसहित सर्वप्रथम तपाईले नक्सा शाखाको अमिन ईकाईमा सम्पर्क गर्नु पर्ने हुन्छ ।
यस इकाइबाट प्रस्तावित वाटो (GLD) र क्षेत्र (zone) निर्धारण गर्ने गरिन्छ ।
प्रति जग्गा सँग जोडिएको÷नजोडिएको र नदिनाला भएको / नभएकोबारे जानकारी लिन सकिन्छ ।

१.१ GLD

प्रस्तावित बाटो भन्नाले नेपाल सरकार वा स्थानीय सरकारले भविष्यमा विस्तार गरिने र साविक रहेको बाटो चौडा बनाउने भन्ने बुझिन्छ ।
यसको प्रस्तावित चौडाई निम्नअनुसार छन् ।

२ + २ = ४ मी ७ + ७ = १४ मी
३ + ३ = ६ मी १० + १० = २० मी
४ + ४ = ८ मी ११ + ११ = २२ मी
५.५ + ५.५ = ११ मी

अहिले फिल्डमा खुलिसकेको बाटो खुल्न बाँकी भएका GLD हरु, सो बाटोको केन्द्रबाट वा खुल्न बाँकीको हकमा दुई कित्ताबीचको सिमानालाई केन्द्र रेखा मानि दाँया र बाँया बाटोको क्षेत्राधिकार अन्तर्गत बराबर छाड्नु पर्ने हुन्छ । जसलाइ Right of way (ROW) भनिन्छ । अतः GLD ले के कति दूरी छाड्नु पर्छ र छाडि सकेपछी के कति जग्गा बाँकि रहनेछ भन्ने अनुमान लगाउन सकिन्छ । यो बाटोको क्षेत्राधिकार ROW मा पर्नेगरी कुनै पनि किसिमको संरचना निर्माण गर्न पाइने छैन ।

१.१.२ नदिकिनार बाट छाड्नु पर्ने दूरी

बागमति नदि – २० मी
नख्खु खोला – १२ मी
कर्मानाशा खोला – १० मी

पुनश्च
माथि उल्लेखित दूरी साविक नापी नक्शामा भएको नदिको किनारा र हाल नदिको बहाबको किनाराबाट नापिने छ ।
१.२ क्षेत्रः–

मनपा भित्र विभिन्न क्षेत्र र उपक्षेत्र छुट्याइएका छन् ।
क्षेत्रले मुख्यतया Coverage, FAR र संधियारतर्फको Set Back इत्यादीको बारेमा बुझ्न सकिन्छ ।
तपाईको जग्गाको क्षेत्रफलको आधारमा यी कुराहरु थाहा पाइनेछ ।

१.३ Coverage

तपाईंको कित्ताभित्र अधिकतम कति क्षेत्रफल ओगटेर भवन निर्माण गर्न पाइन्छ भन्ने बुझाउँछ ।

१.४ FLOOR AREA (FA)

भुइँतलादेखी कति तल्लासम्मको भवन बनाउन सकिन्छ भन्ने बुझिन्छ । सबै तल्लाको क्षेत्रफल जोडेर आउने कुल क्षेत्रफललाई FLOOR AREA (FA) भनिन्छ ।

१.५ अधिकतम उचाई :–

भवनको अधिकतम उचाई FAR तथा Light Plane को आधारमा निक्र्यौल हुन्छ ।

१.५.१ Floor Area = FAR X जग्गाको क्षेत्रफल
Floor Area= E(Ground floor + first floor + ……+….top floor (1) Floor Area अनुसार अधिकतम तल्ला बनाउन पाइने छ ।

१.५.२ Light Plane

H=2 x (ROW+2 x SET BACK)……………….(2) Light Plane अनुसार अधिकतम तल्ला बनाउन पाउने
यहाँ
FAR = क्षेत्र अनुसार छुट्याइएको गुणा गर्ने अंक
H = भवनको कुल उचाई
ROW = बाटोको क्षेत्राधिकार, (ROW) बाटोको क्षेत्राधिकार भित्र पर्खाल समेत निर्माण गर्न पाउने छैन ।

S.B = Set Back
उदाहरण,
बाटोको क्षेत्राधिकार (ROW) = २+२ = ४ मी
Set Back = १.५ मी
कुल उचाई (H) = २ x (४+२ x १.५) = १४ मी
तसर्थ,
भवनको कुल उचाई,
१) कुल फ्लोर एरिया (FLOOR AREA) र (२) Light Plane मध्ये जुन कम हुन्छ त्यही नै अधिकतम उचाई हो ।


१.६ S.B:-

ROW सँग समानान्तर हुने गरी थप जग्गा छाडी मात्र भवन बनाउन पाइने छ । यो दुरी क्षेत्रको आधारमा निक्यौल हुन्छ । आवासीय प्रयोजनको लागी न्युनतम दुरी १.५ मी हो । व्यापारीक प्रयोजन भए न्युनतम २ मी छाड्नुपर्ने हुन्छ । यसलाई सेटब्याक भनिन्छ ।
प्रस्तावित बाटो नभएको हकमा हाल कायम रहेको बाटोको अवस्था चौडाई र लम्बाईको आधारमा बाटोबाट छाड्नुपर्ने दूरी निक्र्यौल हुन्छ । ROW ३.०=१.५ +१.५ मी (केन्द्र रेखाबाट दाँया बाँया ) र १.५ मी S.B भवन निर्माण गर्न पाउनेछ । Set Back को चौडाई Zone र भवनको प्रयोजनअनुसार फरक–फरक कायम गरिएको छ । यो रेखाभित्र पर्ने गरी पर्खाल बनाउन पाइने छ ।

२. बाटोको अवस्था
२.१ गोरेटो बाटो र २०० मी लम्बाईसम्म म्भबम भलम Dead end (call-de-sac) भएको हकमा आफ्नोतर्फ केन्द्र रेखाबाट १.५ ROW र १.५ S.B गरी जम्मा ३ मी छाडी भवन निर्माण गर्न पाइनेछ ।

२.२ मोटरेवल र २०० मीभन्दा बढी तर Dead end भएको हकमा आफ्नोतर्फ केन्द्र रेखा बाट २ मी ROW + S.B छाडी भवन निर्माण गर्न पाइनेछ ।

२.३ सो भन्दा बढी र वारपार लाग्ने सडकको हकमा आफ्नोतर्फ केन्द्र रेखाबाट ३ मी ROW+S.B छाडी भवन निर्माण गर्न पाइनेछ ।

पुनश्चः

सडकको लम्बाई नाप्दा दुई बाटोहरु क्रस भई जक्सन भएको केन्द्रविन्दु वा GLD को केन्द्रविन्दु बाट नापिनेछ ।
8'0" सम्म वा सो भन्दा बढी चौडाईको बाटोलाई मोटरेवल बाटो मानिनेछ ।

निष्कर्ष
माथिको विवरण प्राप्त भैसके पश्चात तपाईंको आफ्नो हकभोगको जग्गामा छाड्नुपर्ने दूरी, बाँकी रहने जग्गा, भूईमा ओगट्न पाउने क्षेत्रफल र कति तल्ला र कति उचाईसम्मको भवन बनाउन पाउनेछ भन्ने विवरणहरु सरल तरिकाले बुझ्नु हुनेछ ।

थप विस्तृत विवरणका लागि मनपाले जारी गरेका नक्शा दरखास्त फारम, भवन निर्माण मापडण्द २०६४ र वस्ती विकास मापडण्द २०७२, र यसको पहिलो संसोधन २०७३, र नेपाल भवन संहिता र स्थानिय सरकार संचालन ऐन २०७४ बाट लिन सकिनेछ । साथै मनपाको नक्शा शाखामा समेत सम्पर्क गर्न सकिनेछ ।

मनपाले यही आ.व. २०७६÷७७ बाट पूर्ण रुपमा EBPS विद्युतीय प्रणालीबाट भवन नक्शा पास गर्ने प्रविधि लागु गरिएकोछ ।

यस प्रविधि अन्तर्गत तपाईंको सम्पूर्ण विवरण सहित कम्प्युटर प्रणालीबाट नक्शा दरखास्त फारम भर्नु पर्ने हुन्छ । यो कार्य नितान्त रुपमा तपाइको नक्शा बनाउने प्राविधिकमार्फत हुनेछ । आवश्यक सबै विवरण तपाईले उपलब्ध गराईदिई सकेपछि प्राविधिक विवरण र प्रशासनिक विवरण भरि Design Desk बाट मनपा को Registration Desk मा Forward गरिन्छ । जब मनपा ले उक्त तपाईको नक्शा दरखास्त फारम सहित सम्पर्कमा आउनु हुन्छ तब तपाइको प्राविधिकले पठाएको कम्प्युटर विवरण समेत भिडाई नक्शा पास प्रकृया अघि बढाइन्छ ।

३. नक्शा पास प्रकृयाका चरण निम्नानुसार छन् ।
चरण १: अस्थायी नक्शा पास ( DPC सम्मको लागि)

नक्शा दरखास्त – केन्द्रबाट
१५ दिने सूचना जारी – वडाबाट
प्राविधिक सर्जमिन प्रतिवेदन – वडाबाट
अस्थायी नक्शा पास ÷ वितरण – केन्द्रबाट

चरण २: स्थायी नक्शा पास ( DPC भन्दामाथि)

नक्शा दरखास्त – केन्द्रबाट
प्राविधिक फिल्ड जाँच÷प्रतिवेदन – वडाबाट
स्थायी नक्शा पास÷वितरण – केन्द्रबाट

चरण ३: निर्माण सम्पन्न प्रकृया (घर निर्माण पुरा भएपछि)

दरखास्त – केन्द्रबाट
प्राविधिक फिल्ड जाँच÷प्रतिवेदन – वडाबाट
स्वीकृत÷वितरण – केन्द्रबाट

पुनश्चः
यी सबै प्रकृया eBPS विद्युतीय प्रणालीमार्फत मात्र हुनेछ ।

४. पास नक्शाको समय सीमा


४. १. अस्थायी नक्शा

पास भएको मितिबाट एक वर्ष हुनेछ ।
सो आवधिभित्र निर्माण हुन नसकेमा करको ५% रकम दाखिला गरी वढीमा ६ महिनाको लागि
एक पटक मात्र म्याद थप गरिने छ । म्याद थप अवधि भित्र पनि निर्माण कार्य सुरु हुन नसकेमा करको सत्प्रतिशक (१००%) रकम
दाखिला गरी सकिएको मितिबाट थप हुने गरी अन्तिम एक पटकको लागि ६ महिनाको म्याद थपिनेछ । तत पश्चात पनि निर्माण हुन नसकेमा पुन शुरु बाटै नक्शापास प्रकृया गर्नु पर्ने हुन्छ ।
म्याद थपको निवेदन म्याद सकिनु आगावै दर्ता गर्नुपर्ने हुन्छ ।
म्याद समाप्त पश्चातको निवेदन कारबाही हुने छैन ।
नक्शा दरखास्त गरी दुई वर्षसम्म सम्पर्कमा नआएकाहरु स्वतः खारेज हुनेछ ।

४. २. स्थायी नक्शा पास

पास भएको मितिबाट दुई वर्षसम्म बनाउन म्याद रहनेछ ।
दुई वर्षभित्र सम्पन्न हुन नसकेमा करको ५% रकम दाखिला गरि थप २ वर्षको लागि निवेदन दिन सकिनेछ ।
म्याद थपको निवेदन २ वर्ष समाप्त हुन अगावै दर्ता गरिसक्नु पर्नेछ । अन्यथा कारबाही हुने छैन ।
पहिलो २ वर्ष र थप २ वर्ष गरि कुल ४ वर्षभित्र नक्शा पास गरिएअनुसारको भवन निर्माण गरि निर्माण सम्पन्न प्रमाण पत्र लिई सक्नु पर्नेछ ।
म्याद थप नगरिएमा शुरुको २ वर्ष र म्याद थप भएकाको हकमा ४ वर्षसम्म नक्शा पासको समयसिमा रहनेछ ।
तत्पश्चात भने निर्माण भैसकेको भाग छाडी बाँकी भागको म्याद समाप्त हुने हुँदा पुनः नक्शा पास प्रकृया गरि नक्शा पास पश्चातमात्र बाँकी भाग निर्माण गर्नुपर्ने छ ।

४. ३. निर्माण सम्पन्न

निर्माण सम्पन्न प्रमाणपत्र आंशिक रुपमा पनि लिन सकिनेछ ।
निर्माण सम्पन्न प्राप्त आ.व. बाट तपाईंको सम्पत्ति कर लाग्ने छ ।
निर्माण सम्पन्न प्रमाण पत्र लिएपछि मात्र सम्पत्ति कर तिर्न सकिने भएकाले समय भित्र भवन सम्पन्न गरि निर्माण सम्पन्न लिनुपर्ने हुन्छ ।
म्याद थप भएको हकमा ४ वर्ष, नभएको हकमा २ वर्ष भवन निमार्ण वर्ष मानिने छ र सोही आधारमा सम्पत्ती कर असुल गरिने छ । तर यस सिमा भित्र निर्माण सम्पन्न लिएको भए सोही आ.व. वाट सम्पत्ती कर लाग्नेछ ।
नक्शा पास बमोजिम समय सिमा भित्र घर निर्माण गर्न नसकेमा जति निर्माण गर्न सकियोत्यति घरको निर्माण सम्पन्न लिई बाँकी भाग रद्द गरी सम्पत्ति कर तिर्न सकिनेछ ।

भवन नक्शा नामसारीः–

भवनको नक्शा नामसारी मनपाबाट मात्र गरिनेछ ।
जग्गामा भवन बनाएको÷भएको अवस्थामा उक्त जग्गा अंशवण्डा वा खरिद बिक्रीबाट हक हस्तान्तरण भएको÷रहेको भने सो जग्गामा बनेको भवनको नक्शा समेत नामसारी गनुुपर्नेछ ।
मालपोतमा रजिष्ट्रेशन पास गर्दा भवन जनाएको हकमा मात्रै नक्शा नामसारी गरिने छ । अन्यथा नामसारी गरिने छैन ।
अस्थायी नक्शा पास नामसारी हुने छैन, सरंचना बनाई रजिष्ट्रेशनमा उल्लखे भएमा मात्र नामसारी हुने छ ।
जति पटक हकहस्तान्तरण गरिन्छ त्यति नै पटक नक्शा नामसारी गर्नुपर्ने छ ।

पनुश्चः

पटक–पटक जग्गा हक हस्तान्तरण भएको अवस्थामा भवनको नक्शा पास लगायता नामसारी समेत भए÷नभएको जानकारी राख्नु पर्दछ । अन्यथा नामसारी नहुने अवस्था वा तपाईंभन्दा पहिलाका खरिदकर्ताको राजस्वसमेत एकमस्ुट दाखिला गर्नुपर्ने हुन सक्छ ।

दण्ड÷जरिवानाः–

जस्तो सुकै सरंचना बनाउन मनपाबाट नक्शा पास गर्नैपर्छ । अन्यथा दण्ड, जरिवाना तथा भत्काउने सम्मको कारबाहीको भागीदारी हुन सक्छ ।
नक्शा पास नगरी संरचना बनाउँदा भूकम्पीय सुरक्षाको प्रत्याभूितको ग्यारेन्टी गर्न नसकिनेहुँदा त्यस्ता प्रकृतिको सरंचनाको No Objection प्रमाण पत्र जारी हुँदैन ।
यस्ता प्रकृतिको भवनको निर्माण सम्पन्न प्रमाण पत्र मा समेत No Objection प्रमाण पत्र जारी नभएको व्यहोरा उल्लेख गरिने छ ।
नक्शा पास नगरी बनाएका सरंचनाहरुको लाग्ने दस्तुरु तेब्बर असलु गरिने व्यवस्था रहेको छ । अतिरिक्त जरिवानासमेत लगाइन्छ ।
नक्शा पास नगरी निर्मित सरंचनाले भवन संहिता पालना नगर्ने भएकाले त्यस्ता सरंचनाको नक्शा पास हुँदैन र मनपाले जुनसुकै बखत भत्काउन सक्नेछ ।
तसर्थ यस्ता दण्ड जीरवाना र थप आर्थिक भारमा नपरौँ र नक्शा पास गरेर मात्र निर्माण कार्य थालौँ ।
नक्शा पास तपाईंको अधिकार हो भने मनपाको जिम्मेवारी हो । तसर्थ समयमै नक्शा पास गरिमात्र निर्माण कार्य थालौ ।

अनुरोध

भवनको नक्शा प्लानिङ डिजाइन गर्दा मनपाबाट स्वीकृत प्रदान गरिएका इजाजत पत्र प्राप्त प्राविधिकहरुबाट गराउँदा सहज हुने छ । मनपाको website भित्र EBPS मा सूचिकृत डिजाईनरहरुबाट तपाईंले नक्शा डिजाइन गर्नुपर्ने हुन्छ ।
जग्गा खरिद गर्दा तथा भवन नक्शा प्लानिङ गर्नु अगावै मनपाको अमिन शाखाबाट सामान्य जानकारी लिनुहोला ।
नक्शा पास प्रकृया र त्यसको अवधिको जानकारी राख्नुहोला ।
समयभित्र भवन निर्माण सम्पन्न गरि भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनुहोला ।
प्रत्येक आ.व. भित्रै सम्पत्ति कर बुझाई जरिवाना र झन्झटबाट छुटकारा लिनुहोला ।
नक्शा पास प्रकृया सम्बन्धी जानकारीका लागि आधिकारिक व्यक्ति वा मनपाको नक्शा शाखामा सम्पर्क गर्नुहोला ।
तपाईंकै सहयोगमा मात्र नक्शा पास प्रकृयाको सेवा सर्वशुलभ् हुने भएकाले मनपा तपाईंको उपस्थितिको पूर्ण आशा राख्दछ ।
थप जानकारीका लागि मनपाको website www.imc.gov.np मा हेर्न सक्नु हुनेछ ।
अस्थायी नक्शा पास प्रमाणपत्र, स्थायी नक्शा पास प्रमाणपत्र र निर्माण सम्पन्न प्रमाणपत्र घर
धनी वा परिवार (नाता खोल्ने प्रमाणपत्र) लाई मात्र उपलब्ध गराउने छ ।

भवन निर्माण दरखास्तवालाको सुविधाको लागि मनपाले SMS मार्फत जानकारी गर्ने जमर्को गरेको छ ।

SMS– १ तपाईको डिजाइनरले मनपामा नक्सा दरखास्तको लागि पठाउँदा ः तपाईंको नाममा पेश भएको नक्शा फाईल महानगरपालिकाको Registration Desk मा पठाइएको छ ।
SMS– २ दरखास्तमा सच्याउनु पर्ने भएमा : तपाईंको नाममा पेश भएको नक्शा फाईलमा मापदण्ड र कागजात नपुगेकाले Designer लाई सम्पर्क गरि पुनः पेश गर्नु होला ।
SMS– ३ दरखास्त मनपाले स्वीकृत गरेको खण्डमा तपाईंको नाममा दर्ता भएको नक्शा फाईल वडा कार्यालयबाट महानगरपालिकाको नक्शा शाखामा पठाइएको छ ।
SMS – ४ प्रकृया वडाबाट गर्नु हुन तपाईंको नाममा दर्ता भएको नक्शा फाईल आवश्यक प्रक्रियाका लागि सम्बन्धित वडा कार्यालयमा पठाइएको छ ।
SMS– ५ वडाको काम सकेर केन्द्रमा प्राप्त भएको तपाईको नाममा पेश भएको निर्माण सम्पन्न सम्बन्धी फाईल महानगरपालिकाको Registration Desk मा पठाईएको छ ।
SMS– ६ अस्थायी स्वीकृतीको जानकारी तपाईको नाममा दर्ता भएको नक्शा फाईल अस्थाई नक्शा पास भइसकेको छ । नक्शा शाखाबाट सङ्कलन गरि DPC गरेपछि पुनः स्थाईको लागि पेश गर्नुहोला ।
SMS – ७ स्थायी स्वीकृतीको जानकारी तपाईको नाममा दर्ता भएको नक्शा फाईल स्थाई नक्शा पास भइसकेको छ । नक्शा शाखाबाट सङ्कलन गर्नुहोला ।

पुनश्चः
यसको साथै भ्द्यएक् मा तचबअपष्लन को समेत व्यवस्था भएकाले तपाईले आफ्नो नक्सा पास दरखास्त बारे विस्तृत जानकारी आफ्नै मोबाइलबाट लिन सकिनेछ । थप जानकारीका लागि मनपाको नक्सा शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Studio Sthaapna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Studio Sthaapna:

Share